देउवाद्वारा आदिवासी जनजाति संघको अध्यक्षमा ‌ओमबहादुर घर्तीमगर मनोनित

देउवाद्वारा आदिवासी जनजाति संघको अध्यक्षमा ‌ओमबहादुर घर्तीमगर मनोनित

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको लोकतान्त्तिक आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्तीमगर मनोनयन गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको २०७८ चैत १५ गते बसेको निर्णयअनुसार पार्टी सभापति देउवाले घर्तीमगरलाई संघको अध्यक्षमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यस्तै, २०७९ साउन २ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार रुपान्तरित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ४८ जनालाई सभापति देउवाले मनोनित गरेका छन्।

भदौ १२, २०७९ आइतबार १८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।