कोरोनाका २ सय २ बिरामी थपिए, १ जनाको मृत्यु

कोरोनाका २ सय २ बिरामी थपिए, १ जनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप २ सय २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ३३ जनाको नमूना परीक्षण गरिएकोमा २ सय २ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आइतबार ४ सय ६२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ३ हजार ३ सय १३ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

भदौ १२, २०७९ आइतबार १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।