महिनाको एक लाख तलबको प्रलोभन दिएर ३८ लाख ठगेको आरोपमा भोजबहादुर पक्राउ

महिनाको एक लाख तलबको प्रलोभन दिएर ३८ लाख ठगेको आरोपमा भोजबहादुर पक्राउ

काठमाडौँ : दुबई पठाउने प्रलोभनमा पारेर ३८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा नवलपरासी (पश्चिम) प्रतापपुर गाउँपालिका-२ गोपिगञ्जका भोज बहादुर चौधरी पक्राउ परेका छन्।

हाल काठमाडौँको गोङ्गबुमा बस्ने उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। दुबई पुगेपछि आर्मस गार्डमा १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी पीडितहरूबाट ३८ लाख रुपैयाँ लिएर फरार रहेका चौधरीलाई काठमाडौँ सामाखुसीबाट पक्राउ गरिएको कार्यालयले जानकारी दिएको छ।

प्रहरीले उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाएको छ।

भदौ १२, २०७९ आइतबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।