केन्याद्वारा नेपालसामू १ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं : पाहुना टोलीविरुद्धको तेस्रो टी–२० क्रिकेटमा केन्याले नेपाललाई १ सय ५७ रनको लक्ष्य दिएको छ।
जिमखाना क्लब मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको केन्याले निर्धारित ओभरमा २ विकेटको क्षतिमा १ सय ५६ रन बनायो।
उसका लागि राकेप पटेलले सर्वाधिक ७३ रन बनाएर नटआउट रहे। यस्तै इरफान करिम पनि ५५ रनमा अविजित रहँदा कोलिन्स ओबुयाले १४ र सुखिप सिंहले ८ रन बनाए।
बलिङतर्फ सोमपाल कामी र अदिल अन्सारीले समान एक–एक विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । पाँच खेलको टी–२० श्रृंखलामा नेपाल र केन्या १–१ को बराबरीमा छन्।
भदौ १२, २०७९ आइतबार १७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।