राष्ट्रिय फुटबल टिमको टिम म्यानेजरमा अनिल श्रेष्ठ नियुक्त

राष्ट्रिय फुटबल टिमको टिम म्यानेजरमा अनिल श्रेष्ठ नियुक्त

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमको टिम म्यानेजरमा अनिल श्रेष्ठ नियुक्त भएका छन्।

आइतबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा महासचिव किरण राईले श्रेष्ठलाई स्वागत गर्दै नियुक्ति पत्र हस्तान्तरण गरेका छन्।

यसअघि ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबको टिम म्यानेजरका रूपमा काम गरिसकेका श्रेष्ठ मछिन्द्रका उपाध्यक्षसमेत हुन्।

श्रेष्ठले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न पाउँदा खुसी लागेको बताए।

‘राष्ट्रिय टोलीको टिम म्यानेजर अर्कै तहको हुन्छ, मलाई थाहा छ यो चुनौतीपूर्ण छ तर म आफ्नो उत्कृष्ट दिनेछु’, श्रेष्ठले भने ।

नयाँ भूमिकामा श्रेष्ठको पहिलो काम आगामी सेप्टेम्बर २७ मा दशरथ रंगशालामा हुने बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा देखिनेछ।

भदौ १२, २०७९ आइतबार १६:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।