अस्ट्रेलियाको बीबीएलमा सन्दीप अनसोल्ड, सुवास पनि बिकेनन्

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग (बीबीएल)को ड्राफ्टमा अनसोल्ड भएका छन्।
आइतबार भएको ड्राफ्टको चार चरणमा २४ विदेशी खेलाडी विभिन्न टिममा आबद्ध हुँदा सन्दीप भने अनसोल्ड भएका हुन्।
बीबीएलको ड्राफ्टमा भएका दुवै नेपाली खेलाडी अनसोल्ड भएका हुन्। उनीसँगै सुवास खकुरेल पनि ड्राफ्टमा थिए।
सन्दीपले पछिल्ला चार संस्करणको बीबीएल खेलेका थिए।
भदौ १२, २०७९ आइतबार १६:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।