प्रदेश सांसद श्रेष्ठसहित सात केन्द्रीय सदस्यद्वारा विवेकशील साझा पार्टीबाट राजीनामा

काठमाडौं : प्रदेश सांसद विराजभक्त श्रेष्ठसहितका सात जनाले विवेकशील साझा पार्टीको केन्द्रीय सदस्यबाट पदबाट संयुक्त रूपमा राजीनामा दिएका छन्।
पद्धति, पारदर्शिता, जवाफदेहिता, लोकतान्त्रिक मूल्यमान्यता र मर्म विपरीत रहेको एवं सुसंस्कृत सहभागितामूलक राजनीति र समानतामूलक समृद्धिलाई संस्थागत गर्ने प्रयास पार्टीबाट नभएको भन्दै सात जनालाई सामुहिक राजीनामा दिएका हुन्।
राजीनामा दिनेहरूमा प्रदेश सांसद श्रेठसहित केन्द्रीय सदस्यहरू सस्मित श्रेष्ठ, जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, श्रीकृष्ण श्रेष्ठ, सुदन मानन्धर रहेका छन्।
उनीहरूले तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले पार्टीमा रहँदा आफ्ना विचार राख्न नदिएकोमा पनि गुनासो पोखेका छन्। उनीहरूले राजसंस्था र पार्टीलाई राप्रपामा विलय गराउने विषयमा आफूहरूलाई स्पष्ट पार्नका लागि गरेको अनुरोधलाई निषेध गर्दै न्यूनतम आन्तरिक लोकतन्त्रको अभ्यासलाई समेत निमोठेको विषय पनि राजीनामा पत्रमा स्मरण गरेका छन्।
भदौ १२, २०७९ आइतबार १६:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।