राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठायो नागरिकता विधेयक

काठमाडौं : राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।
गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव गरेबमोजिम आइतबारको राष्ट्रिय सभा बैठकले विधेयकलाई सर्वसम्मतिले स्वीकृत गर्दै समितिमा पठाएको हो।
यसअघि सदनमै छलफल गर्नुपर्ने बताउँदै आएका सत्ता गठबन्धन पनि विधेयकलाई विधायन व्यवस्थापन समिति लान सहमत भएको हो। विधेयकमाथि अब राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफाबार छलफल हुनेछ।
यसअघि बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराइएको थियो।
भदौ १२, २०७९ आइतबार १४:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।