नेपाल पे क्यूआरबाट मासिक डेढ करोडको भुक्तानी कारोबार

नेपाल पे क्यूआरबाट मासिक डेढ करोडको भुक्तानी कारोबार

काठमाडौं : गत असार र साउन महिनामा नेपाल पे क्यू आर मार्फत् करिब डेढ करोड रूपैयाँको कारोबार भएको छ।

विभिन्न बैंक वित्तीय संस्थाहरू तथा भुक्तानी सेवाप्रदायकहरू मार्फत नेपाल पे क्यूआरबाट १ करोड ५० लाखको कारोबार भएको कम्पनीले जनाएको छ।

हाल विभिन्न बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, वालेटको एप तथा कनेक्ट आईपीएस मोबाइल एपमार्फत नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान छ ।

यो सुविधा अहिले ११ वटा मोबाइल बैंकिङ्ग एप, एक वालेट तथा कनेक्ट आईपीएस मोबाइल एपमा उपलब्ध छ। छिट्टै नै नेशनल पेमेन्ट स्वीचअन्तर्गत यो सेवा सुचारु गर्न ५२ बैंक वित्तीय संस्था र १३ भुक्तानी सेवाप्रदायकसँग सम्झौता भइसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
 

भदौ १२, २०७९ आइतबार १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।