सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२२’ सम्पन्न, उत्कृष्ट लिडर्सलाई सम्मान

काठमाडौँ : सिटिजन लाइफइन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको पाँचौँ संस्करण २०७९ आयोजना गरेर उत्कृष्ट लिडरहरूलाई सम्मान गरेको छ। उसले भदौ ९ मा होटेल सोल्टी क्राउनप्लाजमा कार्यक्रम आयोजना गरेको हो।
हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’अन्तर्गत देशभरि रहेका ४८ हजार अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८-०७९ मा उत्कृष्ट काम गरेर सिटिजन कर्पोरेट क्लबमा परेका २ सय ७६ जना सिटिजन लिडर, उत्कृष्ट १० सिनियर एजेन्सी मेनेजर, १० एजेन्ट र विभिन्न विधामा चुनिएका उत्कृष्ट शाखाहरूलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रममा ३ सय ६० सक्रिय सिटिजन लिडरहरूको उपस्थिति थियो। कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यको उपस्थितिमा कार्यक्रम भएको थियो।
कार्यक्रमको सुरुवात कम्पनीका अध्यक्षद्वारा कम्पनीको प्रतीक 'झन्डा'को विमोचन गरेका थिए। कार्यक्रममा मुख्य अतिथिका रूपमा डा. भगवान् कोइराला सहभागी थिए। आफ्नो जीवनका भोगाइ बताउँदै उनले सकारात्मक सोचबारे आफ्ना धारणा राखेका थिए। उनले मनैदेखि चाहेको खण्डमा केही कुरा पनि असम्भव नभएको बताएका थिए।
सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यस पेसालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरूलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रणी रहेको र रहिरहने बताएका थिए।र
कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति कृतज्ञता व्यक्त गरेका थिए। उनले कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरू; ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ तथा बिमाको सचेतना बढाउन ‘जीवन बिमा जरुरी छ’, ‘विद्यार्थीसँग बिमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम् नवीनतम जीवन बीमा योजना र व्यावसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरू सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै गरेको बताए।
समापनमा कम्पनीका ब्रान्ड एम्बेस्डर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कम्पनीले पाएको सफलतामा गर्व रहेको बताए। संस्थाले सधैँ आफूहरूलाई धेरै माया गरेको र देशको भरपर्दो लाइफ इन्स्योरेन्स कम्पनीसँग आबद्ध रहन पाउँदा खुसी रहेको बताए। उनले सबै अभिकर्ताहरुलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वरोजगार भएर जीवन निर्वाह गरेकोमा बधाई दिएका थिए।
भदौ १२, २०७९ आइतबार १३:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।