पिपुल्स पावरको आईपीओ बाँडफाँट हुँदै, खप्तडको लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं: पिपुल्स पावर लिमिटेडको आईपीओ आज बाँडफाँट हुँदैछ। कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज दिउँसो २ बजे आफ्नो कार्यालय कमलादीमा आईपीओ बाँडफाँट गर्नेछ।
पिपुल्स पावरले गत साउन ३१ बाट आईपीओ जारी गरेको थियो। २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरिएको थियो।
आजै खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ। गत भदौ ८ खप्तड लघुवित्तले एक लाख २३ हजार ४०० कित्ता आईपीओ बिक्रीका लागि आवेदन खुला गरेको थियो।
भदौ १२, २०७९ आइतबार १२:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।