सिमरा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु

बारा: जितपुर सिमरा उपमहानगरपालिका- ३ बजनी चोकमा हिजो साँझ पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका- १० रानीघाटका ४५ वर्षीय शम्भु साह रहेका छन्। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ।
वीरगञ्जबाट सिमरातर्फ आउँदै गरेको बा७१प २९७ नम्बरको मोटरसाइकल हिजो साँझ पौने ७ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको ईलाका प्रहरी कार्यालय सिमरा बाराले जनाएको छ।
भदौ १२, २०७९ आइतबार ११:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।