नेपाल र केन्याबीच तेस्रो टी ट्वेन्टी आज

नेपाल र केन्याबीच तेस्रो टी ट्वेन्टी आज
फाइल तस्बिर । क्यान

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोली र केन्याको क्रिकेट टोलीबीच आज तेस्रो टी ट्वेन्टी खेल हुँदैछ। पाँच खेलको श्रृङ्खलामा नेपाल र केन्या १-१ को अवस्थामा छन्।

आजको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बाट सुरु हुनेछ। आज नेपाल र केन्या दुवै दोस्रो जितको खोजीमा हुनेछन्।

यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रोमा केन्याले नेपाललाई १८ रनले पराजित गरेको थियो।

अब चौथो खेल भोलि सोमबार र पाँचौँ खेल मङ्गलबार हुनेछ।

टी ट्वेन्टी श्रृङ्खलापछि नेपालले केन्यासँग एकदिवसीय खेल खेल्नेछ।

भदौ १२, २०७९ आइतबार ०९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।