एसिया कपमा आज भारत-पाकिस्तान भिडन्त, १० महिनाअघिको हारको बदला लिने अवसर

एसिया कपमा आज भारत-पाकिस्तान भिडन्त, १० महिनाअघिको हारको बदला लिने अवसर
फाइल तस्बिर

काठमाडौं: हिजोबाट सुरु भएको एसिया कपको दोस्रो खेलमा आज भारत र पाकिस्तान भिड्दैछन्। नेपाली समयअनुसार आज साँझ ७:४५ बाट भारत र पाकिस्तानबीचको खेल सुरु हुनेछ।

यी दुई टोली १० महिनापछि आमनेसामने हुन लागेका हुन्। यसअघि यी दुई टोली भिड्दा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो। भारतलाई आज हारको बदला लिने अवसर रहेको छ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेलमा पाकिस्तानले पनि एसिया कपमा २०१४ देखिको बदला लिन पाउनेछ। एसिया कपमा सन् २०१४ देखि भारतले पाकिस्तानमाथि जित हात पार्दै आएको छ।

दुई क्रिकेटका महाशक्ति देशको भिडन्तलाई सधैँ महत्त्वका साथ हेरिन्छ।

यसपटकको एसिया कपमा भारतलाई मोहम्मद रिजवान र बाबर आजम टाउको दुखाइ बन्नसक्छन्। तर शाहिन अफ्रिदीको अभाव पाकिस्तानले आज महसुस गर्नेछ।

यता आउट अफ फर्म स्टार खेलाडी विराट कोहलीमाथि भारतले जुवा खेल्नेछ। विराटको लागि आजको खेल गर या मरको हो। तर सूर्यकुमार यादव, रोहित शर्मा भने पाकिस्तानको लागि ठूलो चुनौती हो।

यता गए राति सम्पन्न खेलमा अफगानिस्तानले श्रीलङ्कालाई भने ८ विकेटले हराएको छ।

भदौ १२, २०७९ आइतबार ०९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।