खानेतेल लिएर काठमाडौं आउँदै गरेको ट्रक दुर्घटना, अगाडिको भागमा आगलागी

काठमाडौं: विराटनगरबाट खानेतेल लिएर काठमाडौं आउँदै गरेको ना५ख ५९५५ नंको ट्रक आज बिहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ। सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा ट्रक खस्दा अगाडिपट्टि भागमा आगलागी भएको थियो।
ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्त्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोलीसहित स्थानीयले तत्काल आगो नियन्त्रणमा लिएका थिए।
रिमालले भने,“प्रहरी र स्थानीयको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो।”
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भदौ १२, २०७९ आइतबार ०८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।