चार प्रदेशमा आज भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

चार प्रदेशमा आज भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका चार वटा प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा आज चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको हो।

उक्त प्रदेशका वर्षा हुने क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहेकाले र नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन तथा यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।

भदौ १२, २०७९ आइतबार ०७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।