आयोगले आइतबारदेखि मतदाता नामावली अद्यावधिक गर्ने

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आइतबारदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ।
शनिबार एक सूचना निकालेर आयोगले आइतबार सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ।
नामावलीमा रहेका त्रुटी सच्याउन, नामावलीमा प्रकाशति कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं एकभन्दा बढी स्थानमा नामा समावेश भएको अवस्थामा विवरण सच्याउनका लागि भदौ १५ गते अर्थात बुधबारसम्म निवेदन दिन सक्ने आयोगले निकालेको सूचनामा उल्लेख छ।
यसैगरी, आयोगले मृत्यु भएका तथा नागरिकता त्यागेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि भदौ १३ गतेदेखि १६ गतेसम्म निवेदन दिन सकिने जनाएको छ।
भदौ ११, २०७९ शनिबार २१:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।