‘अग्नि’लाई मदन पुरस्कार, जगदम्बा–श्री दुर्गाप्रसाद श्रेष्ठलाई

‘अग्नि’लाई मदन पुरस्कार, जगदम्बा–श्री दुर्गाप्रसाद श्रेष्ठलाई

काठमाडौं : २०७८ को मदन पुरस्कार डा. नवराज लम्सालको ‘अग्नि’ पुस्तकले पाउने भएको छ।

शनिबार मदन पुरस्कार गुठीले एक विज्ञप्ति निकालेर अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको जानकारी गराएको हो।

यस्तै जगदम्बा–श्री पुरस्कार ‘उदय’ किताबका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गरिएको छ।

मदन पुरस्कारका लागि अग्निसँगै ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि, व्युत्पत्तिमूलक संस्कृत( नेपाल शब्दकोश, सतीस् इतिहास र मीमांसा र हिति प्रणाली छनोट भएका थिए।

भदौ ११, २०७९ शनिबार २०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।