एमाले तीज विशेष कार्यक्रम : पदाधिकारी भन्दा अगाडि ओली दम्पत्तीकै बायाँकाे सिटमा सुनिता डंगोल

काठमाडौं : एमालेले तीजको अवसरमा आयोजना गरेको केन्द्रीय सदस्यहरूको स्वागत कार्यक्रम बानेश्वरस्थित एभरेष्ट होटलमा जारी छ।
स्वागत कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहितका महिला सदस्यहरूले तीजको गीतमा नाचगान पनि गरे। ओलीले हार्माेनियम र गितार बजाउँदै केन्द्रीय सदस्यलाई एकछिन तनावमुक्त पारे। सँगै रहेकी पत्नी राधिका शाक्यले पनि केही गुनगुनाइन्।
कार्यक्रममा सिट व्यवस्थापन रोचक थियो। ओली दम्पतीको दाहिनेतिर उपाध्यक्ष सुवास नेम्वाङ थिए भने देब्रेपट्टी काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोल थिइन्।
पार्टीका केही शीर्ष नेताहरू सोही लहरमा भए पनि अन्य पदाधिकारी र सांसदहरू उपप्रमुख शाक्यभन्दा पछाडि बसेका थिए। बीचमा ओलीपत्नी शाक्य र डंगोलबीच कुराकानी पनि भइरह्यो।
यहीबीच पार्टीको अनुशासन आयोगका अध्यक्ष केशब बडालले ‘गाउँ–गाउँबाट उठ, बस्ती बस्ती बाट उठ’ बोलको गीत गाए। उनको गीतमा हलमा भएका सबै झुमे।
त्यसपछि आएका महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले बढीमा १० देखि १५ सेकेण्ड समय लिएर आफूहरूलाई केही गाउन नआउने भन्दै सिटमा गएर बसे।
उनीहरू बसेपछि आए कार्यक्रम सञ्चालक बैकुण्ठ महत। उनले गायक प्रशन्न पौडेललाई बोलाए। उनले गाए, ‘कति राम्री सान्नानी’ बोलको गीत। प्रसन्नले गीत गाइनसक्दै सुनिता त्यहाँबाट उठिन् र आएर बसे उपाध्यक्ष विष्णु पौडेल।
उनी स्टेजबाट बाहिर गएपछि अन्य कलाकारहरूले अहिले कार्यक्रममा तीज विशेष कार्यक्रममा रमाइरहेका छन्।
भदौ ११, २०७९ शनिबार १९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।