श्रोत नखुलेको १३ लाख ६० हजारसहित झापाबाट एक जना पक्राउ

श्रोत नखुलेको १३ लाख ६० हजारसहित झापाबाट एक जना पक्राउ

काठमाडौं : स्रोत नखुलेको १३ लाख ६० हजारसहित झापाबाट एक जना पक्राउ परेका छन्।

झापा गाउँपालिका–१ लसुना भन्सारबाट स्रोत नखुलेको १३ लाख ६० हजार रूपैयाँ सहित ५४ वर्षीय तेज बहादुर गणेश पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

ईलाका प्रहरी कार्यालय, कुमुरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारेको हो।

गणेशलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको प्रहरीले जनाएको छ।

भदौ ११, २०७९ शनिबार १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।