उदयपुरमा भएको मोटरसाइकल दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती घाइते

उदयपुरमा भएको मोटरसाइकल दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती घाइते

उदयपुर : जिल्लाको चौदन्डिगढी नगरपालिका–१० इक्राहास्थित सडकमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।

प्रदेश १–०५–००१ प ७४८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कटारी नगरपालिका–४ कान्छी बजार बस्ने २४ वर्षीय अविशेक खड्काको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी मृतककी श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

भदौ ११, २०७९ शनिबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।