श्रीमतीको हत्या गरेको आरोपमा झापाका युवक पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा झापाका युवक पक्राउ

झापा : आफ्नै श्रीमतीको हत्या आयोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

३५ वर्षीया तालामाई हस्दाको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका–६ चन्द्रबस्तीका ४० वर्षीय नाइके हस्दा (सत्तार)लाई शनिबार बिहान पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरेका नाइकेले शुक्रबार राति धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेर फरार भएका उनलाई प्रहरीले कचनकवल गाउँपालिका–१ बाट पक्राउ गरेको हो।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भदौ ११, २०७९ शनिबार १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।