ओलीको नेतृत्त्वमा पार्टीले बहुमत ल्याउँछ : पद्मा अर्याल

काठमाडौं : एमाले नेतृ पद्मा अर्यालले पार्टीले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्त्वमा बहुमत ल्याउने दाबी गरेकी छन्।
शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीको नेतृत्त्वमा बहुमत ल्याउने गरी निर्वाचनमा होमिने बताइन्।
बैठकले निर्वाचनकेन्द्रीत छलफल गरेको र गठबन्धनको घेरा बन्दी कसरी तोडेर जाने भन्नेबारे रणनीति तय गरेको उनको भनाइ छ।
एमालेले यसअघिको निर्वाचन पनि जनताको विश्वास आर्जन गरेर जितेको बताउँदै उनले यसपटक पनि निर्वाचन क्षेत्रअनुसारको रणनीति तय गरेर जाने स्पष्ट पारिन्।
भदौ ११, २०७९ शनिबार १६:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।