थप १७३ जनामा कोरोना संक्रमण

थप १७३ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा थप १७३ जनाामा कोरोना भाइरस संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ हजार ८३९ जनामा गरिएको परीक्षणमा १७३ जनामा संक्रमण देखिएको हो।

सोही अवधिमा देशभर ३ सय ९६ जना संक्रमणमुक्त हुँदा ४७ हजार १५२ जनाका कोरोनाविरुद्धको खोप लगाएका छन्।

देशभर कोरोनाका ३ हजार ६१२ सक्रिय संक्रमित छन्। जबकी पछिल्लो २४ घण्टामा कोरोनबाट कसैको पनि ज्यान गएको छैन।

भदौ ११, २०७९ शनिबार १६:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।