‘पछाडि ‘बा’ भएकाहरूलाई बिदा गरौं, अगाडि ‘बा’ भएकाहरू डोजर लिएर निस्किसके’

‘पछाडि ‘बा’ भएकाहरूलाई बिदा गरौं, अगाडि ‘बा’ भएकाहरू डोजर लिएर निस्किसके’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले पछाडि ‘बा’ भएकाहरूलाई स–सम्मान बिदा गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंको टुँडिखेलमा भएको उपत्यका भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले पछाडि ‘बा’ भएकाहरूलाई जनताका बिदा गर्नुपर्ने बताए।

‘आगामी मंसिर ४ गतेको निर्वाचनपछि केपी बा, देउवा, नानीका बालाई अब स–सम्मान बिदा गर्नुपर्छ,’ उनले भने, ‘पछाडि ‘बा’ भएकालाई बिदा गरौं, अगाडि ‘बा’ भएकाहरू डोजर लिएर निस्किसके।’

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले पछिल्लो समय गरिरहेको अनाधिकृत संरचना हटाउने कदमको प्रशंसा गर्दै उनले बलिउड फिल्म ‘नायक’को अनिल कपूरसँग तुलना गरे।

बालेनलाई नायकसँग तुलना गरेका उनले अमरिस पुरी पनि देखिन थालेको बताए। उनले भने– ‘नायकको अनिल कपूर बालेन शाह हुन् भने त्यसमा देखिएका अमरिस पुरी पनि अहिले देखिन थालेको छ।’

राजनीतिक दल एक्लाएक्लै आउनेपर्ने भन्दै उनले गठबन्धनको राजनीति देश र जनताका लागि गर्नुपर्ने बताए। ठूला दलका नेताहरूले आफूलाई राजनीति सिकेर आउ भन्ने गरेको गुनासो गर्दै उनले आफूलाई समाजलाई परिवर्तन गर्नसक्ने राजनीति आफूले सिक्न नचाहेको बताए।

भदौ ११, २०७९ शनिबार १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।