नेपाल टी–२० लिगका लागि खेलाडी दर्ता प्रक्रिया खुला, यी हुन् मापदण्ड

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले पहिलोपटक आयोजना गर्न लागेको नेपाल टी(ट्वान्टी लिगको पहिलो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया खुला गरिएको छ।
क्यानले शनिबारबाट शनिबारबाट आगामी अगस्ट ३१ बुधबारसम्म अनलाइनमार्फत खेलाडीको दर्ता प्रक्रिया खुला गरेको हो।
दर्ता खुलाएसँगै क्यानले दर्ताका लागि मापदण्डसमेत तोकेको छ। खेलाडीले राष्ट्रिय खेलकुद, पीएम कप, मेयर कपमा नियमित रूपमा भाग लिएको र २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनुपर्ने, २०१८ देखि यू–१९ क्रिकेटको उमेर स्तरीय अन्तर्राष्ट्रिय प्रतियोगिता र सिरिजमा नेपालको प्रतिनिधित्व गरेको हुनुपर्नेछ।
यस्तै, २०१८ देखि सिनियर स्तरका अन्तर्राष्ट्रिय प्रतियोगिता र सिरिजमा भाग लिएका खेलाडीहरूलाई प्राथमिकता दिइने र २०१८ देखि नियमित रूपमा विभिन्न फ्रेन्चाइज लिगमा सहभागी भएका खेलाडीहरूलाई प्राथमिकता दिइने क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
१६ जनाको टिम बनाउनुपर्ने नेपाल टी–२० लिगमा हरेक टोलीले ५ जना विदेशी खेलाडी भित्र्याउन सक्नेछन्। विदेशी खेलाडीको लागि भने क्लबले आफैँ कुरा गरेर ल्याउनसक्ने प्रावधान खुला गरिएको छ।
पहिलो संस्करणको प्रतियोगिता आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म संचालन हुनेछ।
भदौ ११, २०७९ शनिबार १४:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।