साफ महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोली घोषणा

साफ महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं : भदौ २१ गतेदेखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ।

प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्।

टोलीमा एन्जिला तुम्बाप्पे सुब्बा, अन्जना रानामगर, उषा नाथ, हिराकुमारी भुजेत, अमृता जैसी, गीता राना, पुनम जर्गामगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विक, विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी, अमिषा कार्की, रेखा पौडेल, सावित्रा भन्डारी र रश्मीकुमारी घिसिङ छन्।

समूह ‘बी’ मा रहेको नेपालले भदौ २१ गते उद्घाटन खेलमा भुटानसँग खेल्नेछ। प्रशिक्षक थापाले तीन नयाँ खेलाडी प्रतिभावान रहेको र टिमको तयारी राम्रो भएको बताए।

प्रतियोगिता नजिकिँदै जाँदा नेपाली टिमको कप्तान भने अझै घोषणा गरिएको छैन। यसअघिकी कप्तान रेनुका नगरकोटी घाइते भएकी छन्।

भदौ ११, २०७९ शनिबार १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।