फिफाको प्रतिबन्ध हटेपछि भारतले नै यू–१७ महिला विश्वकप आयोजना गर्नसक्ने

एजेन्सी: अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। स्विट्जरल्याण्डको जुरिचमा भएको फिफाको बैठकले भारतीय फुटबल महासंघमाथिको निलम्बन फुकुवा गरेको हो।
अब अक्टोबर ११ देखि ३० सम्म आयोजना हुने फिफा यू–१७ महिला विश्वकप २०२२ लाई पूर्वनिर्धारित कार्यक्रमअनुसार भारतमा नै आयोजना गर्न सकिने फिफाले जानकारी गराएको छ।
एआईएफएफलाई चुनाव गराउने दिशामा अपनाइने अर्को कदमहरूको सम्बन्धमा चाँडै नै थप पत्राचार गरिने फिफाले जनाएको छ। “फिफा र एएफसीले स्थितिको निगरानी जारी राख्नेछन् र एआईएफएफको समयमै निर्वाचन गर्न सहकार्य गर्नेछन्,” फिफाको विज्ञप्तिमा भनिएको छ।
फिफाले एआईएफएफको कार्यकारी समितिको अधिकार ग्रहण गर्न गठन गरिएको प्रशासकहरूको समितिको म्यान्डेट समाप्त भएको र एआईएफएफ प्रशासनले एआईएफएफको दैनिक मामिलामा पूर्ण नियन्त्रण प्राप्त गरेको पुष्टि गरेपछि यो निर्णय लिइएको थियो।
भदौ ११, २०७९ शनिबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।