चुनावपछि मुलुक नयाँ दिशामा जान्छ: मन्त्री मेटमणि चौधरी

काठमाडौं: शहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन्। बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले देशमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई विजयी गराउनुपर्ने आवश्यकता रहेको पनि बताए। मन्त्री चौधरीले संंविधानविरोधी तत्वहरूबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गरे।
नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य समेत रहेका उनले मुलुक समृद्धिको बाटोमा अघि बढिरहेका बेला फेरि गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए।
भदौ ११, २०७९ शनिबार १२:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।