मापसे गरेर श्रीमतीको हत्या गर्ने झापाका नाइके पक्राउ

मापसे गरेर श्रीमतीको हत्या गर्ने झापाका नाइके पक्राउ

काठमाडौं: झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० मा ३५ वर्षीया श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।

श्रीमतीको हत्या गरी उनी फरार भएका थिए। उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको पाठकले बताए।

भदौ ११, २०७९ शनिबार १२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।