राजनीतिक स्थिरता कायम गर्न गठबन्धन आवश्यक: मन्त्री ज्ञानेन्द्रबहादुर कार्की

राजनीतिक स्थिरता कायम गर्न गठबन्धन आवश्यक: मन्त्री ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धन आवश्यक रहेको बताएका छन्। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्ने पनि बताए। यस्तै आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढङ्गले उम्मेदवारको सीट बाँडफाँट गर्ने उनले जानकारी दिए।

नागरिकता विधेयकको सन्दर्भमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता आएको र सो विधेयक प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभाबाट पनि पारित हुने उनले विश्वास व्यक्त गरे।

उनले नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपतिबाट भएको छलफल एवं भेटघाट सामान्य कुरा भएको र राष्ट्रपतिलाई कुनै पनि विषयमा छलफल र परामर्श लिने सुविधा भएको उल्लेख गरे।

भदौ ११, २०७९ शनिबार १०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।