तीनकुनेमा मोटरसाइकल पल्टिँदा चालक गम्भीर घाइते

तीनकुनेमा मोटरसाइकल पल्टिँदा चालक गम्भीर घाइते

काठमाडौं: काठमाडौंको तीनकुनेमा गए राति मोटरसाइकल पल्टिँदा चालक गम्भीर घाइते भएका छन्। बा४७प ६६२३ नम्बरको मोटरसाइकल गए राति साढे १२ बजे अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा घाइते भएका काठमाडौं डल्लु बस्ने २५ वर्षीय नेहाल पुजारीको उपचार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भइरहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ। 

भदौ ११, २०७९ शनिबार ०८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।