अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्न प्रधानमन्त्री देउवा बुटवल जाँदै

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्न प्रधानमन्त्री देउवा बुटवल जाँदै

काठमाडौं: रुपन्देहीको बुटवल उपमहानगरपालिका- १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवा त्यता जाने भएका छन्। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसबारे जानकारी दिएका हुन्।

बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्नेगरी विसं २०७१ मा ठेक्का सम्झौता भएको थियो। थप भएको म्यादअगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ। यो सभाहल एक हजार सीट क्षमताको छ।

भदौ ११, २०७९ शनिबार ०८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।