एमाले केन्द्रीय कमिटी बैठक: ओलीको प्रतिवेदनमाथिको छलफलको निष्कर्ष सुनाइने

एमाले केन्द्रीय कमिटी बैठक: ओलीको प्रतिवेदनमाथिको छलफलको निष्कर्ष सुनाइने

काठमाडौं: नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। आजको बैठकमा पनि शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नै छलफल हुनेछ।

ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाइएको थियो। सो समूहको छलफलपछि आजै त्यसको निष्कर्ष सुनाइने छ।

यस्तै आज आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रिया पनि तय गरिनेछ।

आज बैठक बिहान साढे १० बजे सुरु हुने छ।

भदौ ११, २०७९ शनिबार ०७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।