आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

काठमाडौं: आज भदौ कृष्ण औंसी अर्थात् कुशे औंसी। हिन्दू धार्मिक परम्पराअनुसार आजको दिन घर-घरमा कुश राख्ने चलन छ।
देव तथा पितृ कार्यका लागि कुश नभइ नहुने वस्तु हो। वर्षभरि पर्ने पूजा, श्राद्धमा आज घरमा राखिएको कुशको प्रयोग गरिन्छ।
यस्तै आज नेपाली परम्पराअनुसार बुवाको मुख हेर्ने दिन रहेको छ। आज छोराछोरीले आफ्ना बुवालाई मीठो भोजन, उपहार लगायत दिएर श्रद्धा प्रकट गर्ने गरिन्छ।
‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देउता समान मानेर आजको दिन विशेष सम्मान गरिन्छ।
बुवा नहुनेहरूले आज विशेषतः काठमाडौंको गोकर्णस्थित गोकर्णेश्वर मन्दिरमा गई तर्पण, पिण्डदान तथा सिदा दिन्छन्। आजको दिन गोकर्णमा विशेष मेला समेत लाग्छ। यसैकारण आजको दिनलाई गोकर्ण औंसी पनि भनिन्छ।
भदौ ११, २०७९ शनिबार ०७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।