आज कहाँ-कहाँ हुँदैछ भीषण वर्षा ?

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशका केही स्थानहरूमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।
यतिबेला लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
देशका बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानमा साथै प्रदेश १ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।
आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित भीषण वर्षाको सम्भावना छ।
भदौ ११, २०७९ शनिबार ०७:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।