उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको परिपत्र, १८ गतेभित्र प्रदेशमा र २० गते केन्द्रमा पठाइसक्नुपर्ने

काठमाडौँ : नेपाली कांग्रेसले मङ्सिर ४ मा हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई परिपत्र गरेको छ।
प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेर उम्मेदवारको नाम सिफारिस गर्न जारी गरिएको परिपत्रमा भनेको छ।
परिपत्रमा जिल्ला कार्यसमितिबाट प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरेर प्रदेश कार्यसमितिले भदौ २० गतेभित्र केन्द्रमा नाम पठाउनुपर्ने भनिएको छ। त्यस्तै, जिल्ला कार्यसमितिले भदौ १८ गतेभित्र प्रदेश कार्यसमितिलाई आकाङ्क्षीको नाम पठाउनु पर्ने उल्लेख छ।
भदौ १०, २०७९ शुक्रबार २०:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।