एनएलजी इन्सुरेन्स कम्पनी र इ–बिमाबिच सम्झौता

काठमाडौँ : एनएलजी इन्सुरेन्स कम्पनी र डिजिटल बिमा सेवा प्रदायक इ–बिमा र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडबिच सम्झौता भएको छ। इ–बिमाको यो पहिलो व्यावसायिक सम्झौता हो।
सम्झौता पत्रमा इ–बिमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार इ–बिमाको प्लेटफर्म मार्फत अनलाइनबाट नै इ–बीमाखरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बिमा बजारमा डिजिटल प्लेटफर्मको महत्त्वलाई थप बढाएको बताएका थिए। नागरिकमा बिमा नीति डिजिटलकरणको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै उनले इ–बिमासँग सम्झौता गरेर यो माग पूरा गर्न र भविष्यमा आवश्यक कदम चाल्न पूर्ण प्रतिबद्ध रहेको बताए।
एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पन्तले नागरिकमा बिमा नीतिकारलागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै इ–बिमासँग गरिएको सम्झौतापछि बजारको त्यस्तो आवश्यकता पूरा हुने बताएका थिए।
बिमा क्षेत्रमा डिजिटलाइजेसनको आवश्यकतालाई अर्को प्रगतिशील पाइलाका रूपमा उल्लेख गर्दै अधिकृत पन्तले एनएलजी इन्स्योरेन्स यस सम्भावनालाई साकार पार्न र यसबाट उपभोक्तालाई नीतिहरू प्राप्त गर्न सहज बनाउन सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको बताए।
इ–बिमाले नेपालमा भएका सबै बिमा सम्बन्धी सेवाका लागि एक–स्टप समाधान हुने र देशका सबै बिमा प्रदायकहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने आशा राखेको विज्ञप्तिमा उल्लेख छ। इ–बिमा सन् २०१५ देखि विभिन्न बिमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय छ।
भदौ १०, २०७९ शुक्रबार १७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।