स्थानीय तहको मतपरिणामअनुसार सिट बाँडफाँट : शशांक कोइराला

स्थानीय तहको मतपरिणामअनुसार सिट बाँडफाँट : शशांक कोइराला

काठमाडौं: नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन्। आज पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

“स्थानीय निकायको निर्वाचनमा पाएको सङ्केत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ”, उनले भने। 

कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दावी उनको थियो। गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो।

अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उनले गठबन्धनका दल सहमतिमा आउने बताए। निर्वाचनमा कांग्रेस होमिएको भन्दै उनले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुन समेत आग्रह गरे।

भदौ १०, २०७९ शुक्रबार १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।