विराटनगरमा कपडा उद्योगको मेसिन चलाउँदा करेन्ट लागेर मृत्यु

विराटनगरमा कपडा उद्योगको मेसिन चलाउँदा करेन्ट लागेर मृत्यु

मोरङ: विराटनगर महानगरपालिका–१ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ। बिहीबार बिहान विराटनगर महानगरपालिका–११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएका थिए।

त्यसपश्चात् उनको उपचारको लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको हो। 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भदौ १०, २०७९ शुक्रबार १३:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।