नागरिकता विधेयक पारित हुन्छ, राष्ट्रपतिले पनि प्रमाणीकरण गर्नुहुन्छ: प्रचण्ड

नागरिकता विधेयक पारित हुन्छ, राष्ट्रपतिले पनि प्रमाणीकरण गर्नुहुन्छ: प्रचण्ड
फाइल तस्बिर

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि पारित हुने बताएका छन्। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले नागरिकता विधेयक पुनः प्रक्रियामा गएको र अब पारित हुने बताए।

यस्तै उनले विधेयकको प्रक्रियाका विषयमा राष्ट्रपतिले नेपाली सेनाका अधिकृतसँग गरेको छलफल सामान्य रहेको पनि बताए। उनले भने, “विधेयक प्रक्रियामा गइसकेको छ, त्यो पारित हुन्छ र राष्ट्रपतिले पनि प्रमाणीकरण गर्नुहुन्छ।”

दाहालले बाहिर हल्ला भएजस्तो मुलुकमा सङ्कट नआउने पनि स्पष्ट पारे। उनले भने, “बाहिर त केके सङ्कट आउने जस्तो हल्ला गरिएको छ, तर त्यस्तो केही होइन, हुँदैन।”

यस्तै निर्वाचनको विषयमा पाँच दलभित्र एक सय ६५ वटै निर्वाचन क्षेत्रमा गठबन्धन हुने पनि उनले बताए। १५ दिनभित्र सिटको बाँडफाँट भइसक्ने उनले जानकारी दिए।

भदौ १०, २०७९ शुक्रबार १२:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।