बिहीबारदेखि हराएकी बालिका घरअगाडिको नहरमा मृत फेला

कञ्चनपुर: भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहामा एक बालिका मृत भेटिएकी छिन्। खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान घरअगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृत भेटिएकी हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बिहीबारदेखि हराइरहेकी बालिका शुक्रबार बिहान मृतावस्थामा भेटिएको बताए।
“हराइरहेकी बालिकाको शव स्थानीयको सहयोगमा आज बिहान प्रहरीले फेला पारेको हो”, उनले भने, “अहिले घटनास्थल मुचुल्का सङ्कलन गरेर शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाएका छौँ।”
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
भदौ १०, २०७९ शुक्रबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।