सासूलाई खुकुरीले हानेर घाइते बनाएपछि आफैँ घाँटी रेटेर आत्महत्या गरे रामबहादुरले

सुनसरी: धरानका एक पुरुषले आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्। भोजपुरको सानोदुम्बा-५ घर भई हाल धरान-१३ बस्दै आएका ४१ वर्षीय रामबहादुर रम्तेलले खुकुरी प्रहार गरी आत्महत्या गरेका हुन्।
आत्महत्या गर्नुअघि बिहीबार बेलुका रम्तेलले ७१ वर्षीया सासू नरमाया भुजेललाई टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारको लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएको छ। घटना र मृतकको सम्बन्धमा थप अनुसन्धान भइरहेको धरान प्रहरीले जनाएको छ।
भदौ १०, २०७९ शुक्रबार ११:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।