नेपाल र केन्याबीचको दोस्रो टी ट्वेन्टी आज

नेपाल र केन्याबीचको दोस्रो टी ट्वेन्टी आज
तस्बिर: क्यान

काठमाडौं: नेपाल र केन्याबीचको दोस्रो टी ट्वेन्टी खेल आज हुँदैछ। खेल नेपाली समयअनुसार आज दिउँसो ३:४५ मा हुनेछ।

प्रतियोगिताको लागि नेपाल केन्यामा छ। केन्याको राजधानी नाइरोबीस्थित जिमखाना क्लब ग्राउण्डमा खेल हुनेछ।

यसअघि पहिलो टी ट्वेन्टी हिजो भएको थियो। पहिलो खेल नेपालले पाँच विकेटले जित्यो। पाँच खेलको श्रृङ्खलामा नेपाल १-० ले अघि छ।

आज नेपाल दोस्रो जितको खोजीमा हुनेछ भने केन्या हिजोको हारको बदला लिने दाउमा हुनेछ।

नेपाल र केन्याबीचको तेस्रो टी ट्वेन्टी १२ गते आइतबार हुनेछ भने चौथो खेल १३ गते सोमबार र पाँचौँ खेल १४ गते मङ्गलबार हुनेछ।

टी ट्वेन्टी श्रृङ्खलापछि नेपाल र केन्याबीच एकदिवसीय प्रतियोगिता हुनेछ। एकदिवसीय खेलहरू भदौ १७, भदौ १८ र भदौ २० गते हुनेछ।

भदौ १०, २०७९ शुक्रबार ०९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।