कलैयामा पुलको रेलिङमा मोटरसाइकल ठोकिँदा दुई जना घाइते, चालकको अवस्था गम्भीर

कलैयामा पुलको रेलिङमा मोटरसाइकल ठोकिँदा दुई जना घाइते, चालकको अवस्था गम्भीर

बारा: कलैया उपमहानगरपालिका- १२ धर्मनगरमा गए राति मोटरसाइकल पुलको रेलिङमा ठोकिँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका- २० का ३५ वर्षीय अरुणकुमार गुप्ता र पछाडि सवार ५० वर्षीय सौरव अंसारी रहेका छन्।

घाइतेहरूको वीरगञ्जस्थित नारायणी मेडिकल कलेजमा उपचार भइहरेको छ। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ।

गए राति ९ बजे मटिअर्बाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना१२प २५७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोकिएको प्रहरी चौकी मटिअर्बाले जनाएको छ।

भदौ १०, २०७९ शुक्रबार ०९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।