पार्टी खोल्दा माधव नेपालको हात समाएर साथ दिएकी झाँक्री पहिलो ‘बर्थ डे’मा गयल

काठमाडौं : एमाले विभाजनको बेला विधान लेखेर सहयोग गरेका भीम रावल सहित १० जनाले अन्तिम समयमा माधव नेपाललाई धोका दिए।
त्यसबेला नेपालको हात समाएर निर्वाचन आयोगमा दल दर्ताका लागि पुर्याउने युवा नेतृ थिइन् रामकुमारी झाँक्री। त्यो बेला आँट भएकी नेतृको रूपमा उनी उनलाई हेरियो। गठनको एक वर्षमा पार्टी पुनर्गठन दिवस मनाउँदा उनै झाँक्री उपस्थित भइनन्।
शहरी विकास मन्त्रालयबाट फिर्ता हुनुपरेपछि झाँक्री अध्यक्ष नेपालबाट टाढिएकी छन्। मन्त्रालय छोड्नेबेलामा उनी धरधरी रोएकी थिइन्। उनको चित्त दुखाइ त्यहाँ पनि झल्किन्थ्यो।
उनी गृह जिल्ला गुल्मीको चुनावी अभियानमा भएकाले उपस्थित हुन नसकेकी हुन्। चुनावी माहोल बनाउन उनी जिल्ला गएकी हुन्। एमालेको विरासत भत्काउने भन्दै उनले सार्वजनिक कार्यक्रममा भन्ने गरेकी छन्।
कार्यक्रममा झाँक्रीसँगै पूर्व मन्त्रीहरू प्रेम आले र किसान श्रेष्ठ पनि देखिएनन्।
भदौ ९, २०७९ बिहीबार २१:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।