प्रतिनिधि सभाको सिट बाँडफाँटमा दलहरूकाे आ–आफ्नो दाबी

काठमाडौं : सत्तारुढ गठबन्धनमा दलहरूले प्रतिनिधि सभाको सिट बाँडफाँटमा आ–आफ्नो दाबी पेश गरेका छन्।
सिट बाँडफाँटका लागि बनेको कार्यदलको बिहीबार बसेको बैठकमा पाँच दलले आफ्नो दाबी राखेको कार्यदलका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
‘हामीले १ सय ६५ वटै निर्वाचन क्षेत्रको परिस्थितिको गम्भीर समीक्षा गरेका छौं,’ उनले भने, ‘दलहरूले खुलस्त आ–आफ्नो दाबी गरेका छन्।’
कार्यदलको शुक्रबार साढे ४ बजे बैठकले प्रतिनिधि सभाको सिट बाँडफाँट टुंग्याएर प्रदेश सभातर्फ लाग्ने उनले बताए।
भदौ ९, २०७९ बिहीबार २०:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।