केन्याविरुद्धकाे पहिलो टी–२० क्रिकेटमा नेपाल विजयी

केन्याविरुद्धकाे पहिलो टी–२० क्रिकेटमा नेपाल विजयी

काठमाडौं : केन्याविरुद्धको पहिलो टी–२० क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ।

नैरोबीस्थित जिमखना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बल ६ विकेटको क्षतिमा भेट्टायो।

नेपालको जितमा् दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३१ रन बनाउँदा आसिफ शेख र ज्ञानेन्द्र मल्लले समान १९ रन जोडे।

रोहित पौडेलले १५ रन बनाउँदा आरिफ शेखले अविजित २१ रन बनाए। आदिल आलम २ रन अविजित रहँदा ‌ओपनर पवन सर्राफ १ रनमै पेभेलियन फर्किए।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको घरेलु टोली केन्याले ८ विकेट गुमाएर १३० रन बनाएको थियो। उसका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए। लुकास नान्डासन ३० रनमा अविजित रहे।

बलिङमा नेपालका लागि सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। आदिल आलम र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए।

जितसँगै नेपालले पाँच खेलको टी–२० श्रृङ्खला १–० ले अगाडि छ।

भदौ ९, २०७९ बिहीबार १९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।