थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु, ४४४ संक्रमित थपिए

काठमाडौं : नेपालमा थप तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको हो।
यस्तै सोही अवधिमा ४ हजार ९५४ जनामा गरिएको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको छ।
बिहीबार ३०७ जना संंक्रमणमुक्त हुँदा ५ हजार ५९७ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ।
देशभर ४ हजार १९९ सक्रिय संक्रमित छन्।
भदौ ९, २०७९ बिहीबार १७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।