शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार भने बढ्यो

काठमाडौं : कारोबार हुने साताको पाँचौं दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
बिहीबार नेप्से परिसूचक १८.२९ अंकले घटेर २०३९.५५ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक ३.७८ अंकले घटेर ३.७८ विन्दुमा झरेको छ।
नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। बुधबार १ अर्ब ५२ करोडको कारोबार भएकोमा बिहीबार २१९ कम्पनीको ४२ लाख ३४ हजार शेयर किनबेच हुँदा १ अर्ब ७१ करोडको कारोबार छ।
तेह्र उपसूचकमध्ये सबैभन्दा बढी उत्पादन तथा प्रशोधन ७९ अंकले घट्दा जीवन बीमा ५८, विकास बैंक ५७, जलविद्युत् समूह ३९ अंकले घटेको छ।
भदौ ९, २०७९ बिहीबार १६:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।